Comments Add Comment

लकडाउनलाई अवसरको रुपमा लिऔं, फुर्सदको समयमा सिर्जनशील बनौं

नेपालमा अहिले ७ दिनको लागि आह्वान गरिएको लकडाउनको बिहीबार तेस्रो दिन । यो लकडाउनको समय थप हुनसक्ने सरकारी अधिकारीहरु बताउँछन् । भारतमा अहिले २१ दिनसम्म लकडाउन गरिएको विषयलाई लिएर धेरै लकडाउन कत्तिको उचित ? भन्ने बहस समेत सुरु भएको छ ।

लकडाउनमा अत्यावश्यक सेवा बाहेक सबैलाई बन्द गरिएको छ । सबै कार्यालयहरु बन्द छन् । यस्तो अवस्थामा धेरै फुर्सदिला बनेका छन् । यसलाई झण्झटिलो विषयको रुपमा भन्दापनि अवसरको रुममा लिनु राम्रो हुने गर्छ ।

जो व्यक्ति पढ्नमा शौखिन छ । उसको लागि यो एउटा अवसर हो । राम्रा राम्रा पुस्तकहरु, इतिहासको बारेमा जानकारी वा अरु विषय समेत अध्ययन गर्न सकिन्छ । पुस्तक पढ्ने शौखिन व्यक्तिमात्र नभएर शोधकर्ता, औषधि बनाउने कम्पनीहरु र मेडिकलसँग सम्बन्धित लगायत सबै क्षेत्रका व्यक्तिहरुको लागि समेत यो एउटा अवसर हो ।

यो केवल एउटा मात्रै पक्षबाट होइन । एक काम दुई पन्थ भनेजस्तै यतिबेला कोरोनाबाट बच्ने र ज्ञानको लागि समेत केवल घरमा नै बस्ने एउटै कामबाट अनेक फाइदा लिन सकिन्छ ।

कोरोनाकै कारण बजार यतिबेला मौन छ । सामाजिक भेलाहरू नगण्य भएका छन् । यस अवस्थाको कारण, मानिससँग धेरै समय फुर्सदिला बनेका छन् । केही समय मोबाइलमा खेल खेल्न र चलचित्रहरू हेरेरै बिताउन सकिन्छ । बाहिर जाने अवस्था छैन ।

यस्तो अवस्थामा दिन कसरी बित्छ ? यो एउटा अवसर पनि हो, जहाँ आफू र आफ्नो परिवारको हेरचाह गर्न सकिन्छ । उनीहरुसँगै समय दिन सकिन्छ । साथमा अरु पनि बाँकी काम पूरा गर्न सकिन्छ ।

सौन्दर्यको समय

सौन्दर्य सबैको लागि अत्यावश्यक मानिन्छ । चाहे महिलाहरु हुन् या पुरुषहरु नै सबैको लागि यो अत्यावश्यक हुन्छ । गर्मी मौसम बढ्दै छ । छाला सुख्खा हुने समस्या हुन्छ । त्यस्तो समयमा आफ्नो फुर्सदको लागि आफ्नो खाली समय बिताउन सकिन्छ । यसका लागि कोही घरेलु उपचारहरूको समेत खोजी गर्न सकिन्छ । जबकि कोही घरमै स्किनकेयरका सामानहरु ल्याउन सकिन्छ ।

शोख पूरा गर्ने समय

व्यस्त तालिकासँग संघर्ष गरिरहेका व्यक्तिहरू अब आफ्नो शोखको काम गर्न तिर लाग्न सक्छन् । शोख केवल घुमघाम र बाहिर जाने मात्रै नहुन सक्छ । घरमा नै आफूलाई मनलागेको खानेकुरा खाने, मन लागेको चलचित्र हेर्ने, पढ्न मनलागेको पुस्तक पढ्ने, पुराना तस्बिरहरुको साथमा रमाउने, आफ्ना पुराना साथीहरुसँग कुराकानी गर्न पनि सकिन्छ ।

सरसफाई

सरसफाई त नियमित हुने गर्छ । तर कतिपय ठाउँहरु हामीले कहिलेकाहीँ मात्रै सफा गर्नेगर्छौं । मानिसहरू प्रायस् घरको भित्ता वा गारोको पछिपट्टीको भाग सफा गर्दैनन् । ओछ्यानको मुनी जम्मा भएका धुलो र दराजको पछिपट्टी रहेको धुलोहरु हामीहरु सफा गर्दैनौं । त्यस्तै, केही मानिसहरू हिउँद सकिएसँगै जाडोमा लगाएका कपडाहरु नधोई राखेका हुनसक्छन् । यो फुर्सदको समयमा ती कपडाहरु समेत धुन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment