Comments Add Comment

रौतहटमा भारतलगायत अन्य मुलुकबाट आएका २४ जना क्वारेन्टाइनमा

१३ चैत, रौतहट । कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन देश बाहिरबाट आएकाहरुलाई तत्काल समाज र परिवारसँग घुलमिल हुन नदिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरे अनुसार रौतहटमा २४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतको मुम्बइ, दिल्ली, पञ्जाब, हरियाणा तथा अन्य मुलुकबाट समेत आएका २४ जनालाई प्रत्यक्ष निगरानी गर्न क्वारेन्टाइनमा राखिएको राैतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘क्वारेन्टाइनमा राखिएकाहरु कोरोना संक्रमित होइनन्, वैदेशीक रोजगारीबाट फर्किएकाहरुलाई हामीले अलग राखेका हौं,’ प्रजिअ घिमिरेले भने, ‘अहिले सम्म उनीहरुको स्वास्थ्यमा कुनै किसिमको समस्या देखिएको छैन । सबै जना सामान्य अवश्थामा छन ।’

प्रजिअ घिमिरेका अनुसार १६ जनालाई गौर नर्सिङ्ग इन्स्टिच्यूट र ८ जनालाई चन्द्रनिहापुर अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

रौतहटमा ४९९ बेडको क्वारेन्टाइन

रौतहटको विभिन्न स्थानिय तहमा गरी कुल ४९९ बेड सँख्या भएको क्वारेन्टाइन तयार हुन लागेको छ ।

हाल सम्म १८२ बेडको क्वारेन्टाइन तयार भइ सकेको बेलुका सम्म ९५ बेड अझै थपिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बाँकी रहेका बेडहरु तिन दिन भित्रमा तयार पारिने छ ।

रौतहटको गौरमा नर्सिङ्ग इन्स्टिच्यूट र सिया पैलेस गरी ९० बेडको, चन्द्रपुरमा वृन्दावन, गुजरा र गढीमाई नगरपालिको संयुक्त रुपमा ८० बेडको, गरुडामा १०, दुर्गाभगवती गाँउपालिकामा ३०, माधवनारायणमा ५०, फतुवा विजयपुरमा १५, राजपुरमा २९, परोहामा २५, बौधीमाईमा १००, देवाही गोनाहीमा ४० र इशनाथ नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार हुनेछ ।

रौतहटको मौलापुर नगरपालिका र यमुनामाई गाँउपालिकाले भने क्वारेन्टाइनको अझैसम्म पनि तयारी नगरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment