Comments Add Comment

दुई सातायता विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न माग

१३ चैत, वीरगञ्ज । समाजवादी पार्टीका सांसद प्रदीप यादवले दुई साताभित्र विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेका छन् । उनले यस्तो अभियान वडास्तरसम्म चलाउनु आवश्यक रहेको बताए ।

नोवेल कोरोना भाइरस (कोभिड-१९)को महामारीले गर्दा विश्वव्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुझाव दिएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद यादवले कोभिड-१९ नियन्त्रणका लागि तिनै तहको सरकारको प्रभावकारी भूमिकाको आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रदेश २ मा कोरोना संक्रमणलाई रोक्न स्थानीय सरकार तथा जनप्रतिनिधिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकार संवेदनशील हु्नुपर्ने उनको भनाइ छ ।

‘विश्वस्तरमै ठूलो महामारीका फैलिएको कोरोना भाइरस संक्रमणले सम्पूर्ण मानवजाति नै चुनौतीपूर्ण अवस्थाबाट गुजि्ररहेको छ ।

‘यस्तो अवस्थामा यसको संक्रमणलाई फैलिन नदिन संघीय सरकारले लकडाउनको घोषणा गरेको छ,’ उनले लेखेका छन्, ‘तर पनि रोगको महामारीलाई मध्यनजर गर्दै चेकजाँच र संक्रमित व्यक्तिको उपचारको लागि तयार अवस्थामा रहनुपर्छ ।’

कोरोना भाइरसको संक्रमण भए नभएको जाँच्ने ‘एनटिजेन डिटेक्सन रिएजेन्ट’ (किट) किन्न संघीय, प्रदेश सरकार र स्थानीय सरकारलाई उनले आग्रहसमेत गरेका छन् ।

समाजवादी पार्टीका  केन्द्रीय सदस्य यादवले जनताका आधारभूत आवश्यकता पूर्तिका लागि तिनै तहका सरकारको सहयोग र साथ हुनुपर्ने बताएका छन् ।

लकडाउनले गर्दा आम मजदुर, दैनिक ज्यालादार, सरफाइकर्मी, साना रोजगार गरेर आजीविका चलाउनेहारु, रिक्सा ठेला चालाउनेहरु, कृषि श्रमिक र गरीब तथा असहाय वर्ग समस्यामा परेको छ ।

‘घरघरमा दैनिक उपभोग्य सामग्रीको अभावको उत्पन्न भएको गुनासो आउन थालेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मानिसहरूले बाँच्नका लागि चाहिने उपभोग्य बस्तुको आपूर्तिमा आम मानिसको लागि समस्या समाधान गर्ने संयन्त्र अबिलम्ब स्थापना हुनुपर्छ ।’

हेल्पलाइनको स्थापना गरेर जनताको सहयोगीका रुपमा अगाडि आउन तीनै तहको सरकारलाई उनले सुझाव दिएका छन् ।

प्रदेश नम्बर २ का नागरिकहरुको जीवन रक्षाका लागि यस चुनौतीपूर्ण घडीमा प्रदेश सरकारले गरेको सहयोगी भुमिकालाई अझै बढाउनुपर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment