+
+
Shares

अत्यावश्यक वस्तु बेच्ने पसलको गाडी चल्न दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १६:३५

१३ चैत, काठमाडौं । सरकारले अत्यावश्यक वस्तुको पसलको गाडी चल्न दिने भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक खाद्यवस्तुका स्टोरको डेलिभरी भ्यान चल्न दिने निर्णय गरेको हो ।

यस्ता डेलिभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयहरुले सवारी पासको व्यवस्था गर्ने निर्णय भएको छ । पसल सञ्चालकले माग संकलन गरी ग्राहकले माग गरेको सामानको कम्बो प्याक बनाई बिक्री गर्ने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अहिलेको जटिल समयमा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरीजस्ता काम गर्नेरेको पाएमा ११४९ नम्बरमा फोन गरेर जानकारी दिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?