+
+
Shares

विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लियो : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १७:२२

१३ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । डब्लुएचओले चीनको पक्षको लिएको उनको आरोप छ ।

अहिले कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिएको छ । कोरोना भाइरसका कारण २१ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने १९६ मुलुक प्रभावित भइरहेको छ ।

त्यसमध्ये एक अमेरिका पनि हो ।

त्यहाँ ६५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरकी राष्ट्रपति ट्रम्पले भने डब्लुएचओले चीनप्रति झुकाव देखाएको आरोप लगाएका हुन् । उनले अहिले विश्वभरका मानिसहरु डब्लुएचओको व्यवहारबाट निराश रहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?