+
+
Shares

कोरोनाबाट जोगिन पसल अगाडि ग्राहक उभिने घेरा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १८:५६

१३ चैत, जनकपुरधाम । प्रदेश २ मा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दा ब्यापारीले सुरक्षा सचेतना अपनाउन थालेका छन् ।

किराना, तरकारी र औषधि पसलका बिक्रेताहरुले कम्तीमा २ देखि तीन फिट दूरी राख्नुपर्ने व्यवस्था गरेका छन् ।

जनकपुरधाम, राजविराज, गौरसहितका ठाउँमा व्यापारीहरुले सर्वसाधारणका लागि घेरा बनाएका छन् । ती घेरामा उभिए मात्रै सर्वसाधारणले सामान पाइरहेका छन् । घेरामा उभिन पनि मास्क लगाएरै आउनुपर्दछ ।

जनकपुरधाम ७ का वडा अध्यक्ष जानकीराम साहले आफ्नो वडामा दैनिक उपभोग्य सामान बेच्ने पसलमा घेरा बनाउन सुझाव दिएका छन् ।

राजविराजस्थित अतुल फार्मेसीले औषधि खरीद गर्न आउने ग्राहक उभिन बुधबारदेखि नै घेरा बनाएको छ । रौतहटको गौर नगरपालिका कार्यालय छेउको तरकारी पसलमा पनि घेरा बनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले दैनिक उपभोग्य सामान बेच्नेहरुले यसरी नै दूरी बनाए संक्रमणबाट बच्न सकिने बताए । केही ठाउँका बजारमा भने अहिले पनि व्यापक भीडका बीच सामान बिक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?