+
+

दैनिक उपभोग्य बस्तु किनमेल गर्न भक्तपुर नगरले तोक्यो तीन घण्टा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १९:३२

१३ चैत, भक्तपुर । भक्तपुर नगरपालिकाले लकडाउनको अवधिमा दैनिक उपभोग्य बस्तुहरु किनमेल गर्न तीन घण्टा तोकेको छ ।

मेयर सुनिल प्रजापतिले बिहीबार अपील जारी गर्दै विहान ४ बजेदेखि विहान ७ बजेभित्र दैनिक उपभोग्य बस्तु खरिद गर्न नगरबासीलाई आग्रह गरेका हुन् । साथै अति आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन समेत अपील गरेका छन् ।

उनले विदेशबाट घर फर्किएकाहरुको विवरण नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बुझाउन, घरमै क्वारेन्टाीनमा बस्न र ज्वरो परीक्षणको रिपोर्ट इमेलमार्फत पठाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?