Comments Add Comment

कोरोनाले प्रभावित क्लबलाई सहयोग गर्न जर्मनीका चार ठूला क्लबले बनाए २० मिलियनको कोष

१४ चैत, काठमाडौं । जर्मनीका चार ठूला क्लबले कोरोना प्रभावित अन्य क्लबलाई सहयोग गर्न सामूहिक कोष निर्माण गरेका छन् ।

बोरुसिया डर्टमण्ड, वायर्न म्युनिख, आरबी लेइपजिग र बायर लेभरकुजनले संयुक्त रुपमा २० मिलियन युरोको सोलिडारिटी फण्ड (ऐक्यवद्धता कोष) तयार पारेका छन् । जसबाट कोरोना भाइरस महामारीले प्रभावित हुने र संकटमा पर्ने शीर्ष दुई डिभिजनका अन्य क्लबलाई सहयोग गरिनेछ ।

जर्मनीको बुण्डेसलिगा र दोस्रो डिभिजनका खेलहरु अप्रिलको पहिलो साता शुरु हुने गरी सारिएको थियो । तर लिग आयोजक डीएफएको कार्यकारी समितिले लिग कम्तीमा अप्रिल ३० सम्मलाई सार्न प्रस्ताव गरेको छ ।

डर्टमण्डले भनेको छ, च्यापियन्स लिगमा सहभागी भएको चार क्लबले मिडिया रेभेन्युबाट १२.५ मिलियन र आफ्नै तर्फबाट ७.५ मिलियन राख्ने छ ।

डर्टमण्डका प्रमुख कार्यकारी अधिकृत हान्स जोचिम वाट्केले यदि अरु क्लबलाई कोरोना महामारीका कारण आर्थिक रुपमा असर पर्छ भने क्लबलाई सहयोग गर्न आफूहरु तयार भएको बताएका छन् ।

डर्टमण्ड आफैँ पनि २००५ मा आर्थिक संकटमा परेको थियो । तर वायर्नले बिना ब्याजमा ऋण दिएपछि खेलाडीको  तलब दिन सकेको थियो।

यो कोषको परिचालन कसरी गर्ने भन्ने निर्णय डीएफए कार्यकारी समितिले तय गर्ने डर्टमण्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment