Comments Add Comment

कोरोनाको असर दम्पतीको शयन कक्षसम्म ?

Photo Credit : OnlineForLove

हिजोआज प्रायः सबै मानिसहरु घरमा नै बस्न थालेका छन् । जसका कारण बाहिरको चमक र रमझम अब सकिएको छ । बाहिरी दुनियाँमा सुनसान छाएको छ । यस्तो अवस्थामा संसारभरीका मानिसहरु सोशल डिस्टेन्सिङ र सेल्फ आइसोलेशनको कुरा गरिरहेका छन् भने यसैबीच एउटा प्रश्नले हामीलाई अफठ्यारोमा पार्न सक्छ । त्यो हो यस्तो स्थितिमा हाम्रो यौन जीवन कस्तो हुन्छ ?

कोरोना भाइरसको महामारीमा यौन सम्बन्धमा कस्तो असर पर्छ भन्ने प्रश्न केही मानिसहरुको मनमा उत्पन्न हुन सक्छ ।

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसबाट हुने रोग कोभिड–१९ को संक्रमण यौन सम्बन्धको माध्यमबाट पनि हुन सक्छ भन्ने कुराको कुनै प्रमाण अहिलेसम्म प्राप्त भएको छैन । तर सास फेर्नमा समस्या भएकाको संक्रमण कुनै नजिकको व्यक्ति अथवा संक्रमित व्यक्तिको सिधा सम्पर्क रहनाले हुन सक्छ भन्ने कुरा हामी सबैलाई थाहा भएको कुरा हो ।

यूनिभर्सिटी अफ ईस्ट एङ्गलियाका मेडिसिन विभागका एक्सपर्ट प्रोफेसर पल हन्टरले यौन सम्बन्धको बारेमा ब्रिटिश सरकारको तर्फबाट जारी ताजा निर्देशनको के अर्थ छ भन्ने कुरा सम्झाउने कोशिस गरेका छन् ।

उनी भन्छन्,यदि तपाईं अथवा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौनबाट बच्नु पर्ने कुनै कारण नै छैन । तर यदि कसैको स्वास्थ्य बिग्रिएको छ अथवा तपाईंहरुमध्ये कुनै एक व्यक्ति जोखिमको स्थितिमा हुनु हुन्छ भने यौन मात्र नभएर अन्य कुराको सम्पर्कबाट पनि टाढा रहनु उपयुक्त हुन्छ ।

कोरोना भाइरस

अहिले हरेक देशका मानिसहरु आफ्नो घरमा बसेर आफ्नो नियमित पार्टनर बाहेक अन्य कुनै व्यक्तिसंग यौन सम्बन्ध राख्नबाट बच्नु पर्छ भन्ने कुरामा प्रोफेसर हन्टर र अन्य विशेषज्ञहरु पनि सहमत छन् ।

न्यूयोर्कको पब्लिक हेल्थ विभागका अधिकारीले यौन गतिविधिहरुप्रति नयाँ निर्देशिका जारी गरेका छन्, जसमा के सुरक्षित छ र के सुरक्षित छैन भन्ने कुरालाई स्पष्ट शब्दहरुबाट सल्लाह दिएका छन् ।

हामी सबैले अरुसंग गैरआवश्यक सम्पर्क बनाउनुबाट बच्नु पर्छ, दुरी बनाउनु पर्छ,  जसले कोरोना भाइरस फैलनबाट रोक्न सकिन्छ । यौन सम्पर्क मात्र होइन चुम्बन गर्नाले पनि कोरोना भाइरस सजिलै फैलाउन सक्छ ।

त्यसैले यदि तपाईं अविवाहित अथवा एक्लो हुनु हुन्छ भने केही दिन कसैसंग पनि डेटिङ नगर्नु उपयुक्त हुन्छ । यदि तपाईंलाई त्यस्तो सम्बन्ध राख्नु नै परेमा त्यो व्यक्तिको स्वास्थ अवस्था कस्तो छ भन्ने कुरालाई ध्यान दिनु पर्छ । यसका साथै तपाईंले सुरक्षित दुरी राखेर पनि सम्बन्ध स्थापित गर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment