Comments Add Comment

मलेसियाद्वारा ५७ अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा

काठमाडौं । मलेसियाले कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणका लागि दोस्रो चरणको आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ ।

शुक्रबार मलेसियाले दोस्रो चरणको आर्थिक सहायता कोष घोषणा गरेको हो । यससँगै मलेसियाले समग्र आर्थिक सहायता कोषको आकार दुई खर्ब ५० अर्ब रिङ्गिट अर्थात् ५७ अर्ब ३० करोड डलरको बनाएको छ ।

मलेसियाको लागि यो आर्थिक सहायता प्याकेज मुलुकको समग्र जीडीपीको १७ प्रतिशत को । यसअघि अघिल्लो सरकारले २० अर्ब रिङ्गिटको आर्थिक सहायता कोष अघि सारेको थियो । समग्रमा एक खर्ब रिङ्गिट व्यवसायीहरुको सहयोगका लागि खर्च गरिनेछ ।

विशेषगरी साना र मझौला उद्योगहरुलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ यस्तो योजना ल्याइएको हो । एक खर्ब २८ अर्ब रिङ्गिट सार्वजनिक कल्याणका काममा खर्च हुनेछ ।

शुक्रबार कोषको घोषणा गर्दै प्रधानमन्त्री मुहयिद्दिन यासिनले स्वास्थ्य मन्त्रालयलाई आफ्नो क्षमता बढाउन एक अर्ब रिङ्गिट प्रदान गरिने बताएका छन् । साथै विद्यार्थीहरु र मध्यम र निम्न आम्दानी भएका परिवारलाई प्रत्यक्ष नगद प्रदान गरिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment