Comments Add Comment

पोखराबाट ५८ पर्यटक काठमाडौं पठाइए

१४ चैत, पोखरा । अन्नपूर्ण क्षेत्रको पदमार्गबाट फर्केका र पोखरामा रहेका ५८ जना पर्यटकलाई शुक्रबार उद्धार गरिएको छ । लकडाउन हुनुअघि र भइसकेपछि समेत अन्नपूर्ण क्षेत्रमै रहेका पर्यटक अहिले पोखरा आइरहेका छन् । पोखरा र आसपासका क्षेत्रबाट सम्पर्कमा आएका पर्यटकलाई विमान चार्टर गरी काठमाडौं पठाइएको हो ।

स्वीस दूतावासले अन्य देशका दूतावाससँग छलफल गरेर यति एयरलायन्स जहाज चार्टर गरी पोखराबाट पर्यटकलाई लागिएको पर्यटन प्रहरीले जानकारी दिएको छ । बिहीबार पनि मुस्ताङ र अन्नपूर्ण फेरो पदमार्ग गर्न गएका पर्यटकको उद्धार गरी काठमाडौं लगिएको थियो ।

फ्रान्सले आफ्ना नागरिकलाई बुद्ध एयरको चार्टर्ड विमानमार्फत् पोखराबाट उद्धार गरी लगेको थियो । शुक्रबार भएकामध्ये अधिकांश घान्द्रुक, छोम्रुङदेखि घोडेपानीसम्म रहेका विदेशी पर्यटक सम्पर्कमा आएपछि पोखरा ल्याइएको थियो ।

उनीहरुलाई पोखरामा स्वास्थ्य परीक्षण गरी विभिन्न होटलमा बस्ने व्यवस्था मिलाइएको थियो । अन्नपूर्ण क्षेत्र तथा आसपासका अन्य क्षेत्रबाट अहिले पनि पोखरामा विदेशी पर्यटक फर्किरहेका छन् ।

दूतावासमा जानकारी गराएर लिन नआउँदासम्म उनीहरुलाई खाने बस्ने प्रवन्ध पोखराका होटल तथा रेष्टुरेन्ट व्यवसायीले मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment