Comments Add Comment

रिलिफ फण्डमा सचिनले गरे ५० लाख सहयोग

काठमाडौं । मास्टस ब्लास्टर्स सचिन तेन्दुलकरले कोरोना भाइरस (कोभिड-१९) बाट बच्नका लागि ५० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । भारतमा कोरोना भाइरसविरुद्ध सहयोग गर्नेमध्ये सचिन धेरै रकम सहयोग गर्नेमा अगाडि छन् । भारतमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि भारतीय सरकारले एउटा रिलिफ फण्ड खडा गरेको छ । सचिनले उक्त फण्डमा २५ लाख र मुख्यमन्त्री रिलिफ फण्डमा २५ लाख सहयोग गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सचिनले दुवै फण्डमा सहयोग गर्ने फैसला गरेको स्रोतलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ । सचिन आफैंले भने यस बारे कुनै जानकारी दिएका छैनन् । सचिन विभिन्न सामाजिक कार्यमा समेत संलग्न छन् । उनी युनिसेफको समेत ब्राण्ड एम्बेसडर हुन् । केही महिनाअघि सचिन नेपाल पनि आएका थिए ।

यस्तै, भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले पुनेमा रहेको एक एनजिओमार्फत् एक लाख रकम सहयोग गरेका छन् । युसुफ र इर्फान पठान दाजुभाइले बरोड पुलिसका लागि चार सय थान मास्क सहयोग गरेका छन् ।

यसबाहेक एथ्लेटिक्सकी हिमा दास रेस्लर बजरङ्गा पुनिया लगायतले पनि सहयोग अभियानमा साथ दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न भारत सरकारले २१ दिनको लकडाउन घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment