Comments Add Comment

मेडिको नेपालले दिनेछ कोभिड-१९को सिधा हटलाइन

१४ चैत, काठमाडौं । मेडिको नेपालले आफ्नो वेवसाइट र मोबाइल एप्लिकेसनमा जनताहरुको कोभिड १९ सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्वारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सकिने छ ।

आपतकालीन अवस्थामा घरमा बसीबसी स्वास्थ्यकर्मीहरुसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको छ । यसको लागि सबैभन्दा पहिले मोबाइल एप्स डाउनलोड गर्नुपर्नेछ ।

त्यसैगरी, वेबसाइट र एप्लिकेसनमा कोभिड १९ सम्बन्धी जानकारीहरुका जस्तै कोभिड १९ का (लक्षण, गर्न हुने र नहुने काम, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ । साथै, कोभिड १९ बाट संक्रमण हुने, मृत्यु हुने संसारभरको अपडेट राखिएको छ ।

हाम्रो वेवसाइट र एप्लिकेसनको माध्यमबाट जनताहरुले आफ्नै घरमा बसीबसी आफ्नो स्वास्थ्य परीक्षण, स्वास्थ्य स्थिति मूल्यांकन आफैं गर्न सकिनेछ । कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि यसबाटै जानकारी प्राप्त गर्न सकिने मेडिको नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment