Comments Add Comment

कोभिड-१९ : बुझ्नैपर्ने केही कुरा

बेलायतमा सार्स कोरोना भाइरस-२ बाट पीडित बिरामीहरुमा यो बिरामीका केही भिन्न लक्षणहरु देखिएको छ । ती बिरामीहरुले आफ्नो शरीरको तापमान अत्यधिक भएको महसुस गर्न थालेका थिए । कतिसम्म भने उनीहरुले आफ्नो छाती तथा ढाडमा हात राख्दा उनीहरुले अत्यधिक तातो महसुस गर्न थालेका थिए ।

कोभिड–१९ अहिले पनि विश्वकै लागि एउटा नयाँ खालको सरुवा रोग हो। त्यसैले विश्वभरका चिकित्सा विशेषज्ञहरुले यसका बारेमा नयाँ-नयाँ जानकारी संकलन गरिरहेका छन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का ताजा रिर्पोट अनुसार यदि यो बिरामीको क्रममा कुनै पनि व्यक्तिको शरीरको तापमान एक सय दशमलव ४ (१००.४) डिग्री फरेनहाइट अथवा ३८ डिग्री सेल्सियस हुन्छ । साथै, खोकी र सास फेर्न पनि गाह्रो भइरहेको छ भने त्यस्ता व्यक्तिहरुले घरबाट बाहिर निस्कनै हुँदैन । साथै अन्य मानिसहरुबाट करिब ६ फिटको दुरीमा मात्र रहनुपर्छ ।

सबैभन्दा सामान्य लक्षण

सार्स कोरोना भाइरस–२ बाट ग्रसित व्यक्तिमा ज्वरो, थकान तथा सुख्खा खोकी लाग्नु सबैभन्दा सामान्य लक्षणहरु हुन् । यद्यपि, केही बिरामीहरुमा नाकबाट पानी बग्नु, घाँटीमा सुजन हुनु तथा दुख्नु, नाक बन्द हुनु अथवा नाकबाट सास फेर्न गाह्रो हुनु, शरीरमा सियोले घोचे जसरी पीडा हुनु तथा झाडापखालाको समस्या पनि समावेश छन् ।

८० प्रतिशत समस्यामा कमी आउँछ 

कोभिड–१९ बाट प्रभावित भएका बिरामीहरुमध्ये ८० प्रतिशतलाई निको भएको तथ्या‌ंक छ । जुन एउटा सामान्य चिसो लागेको जस्तै अनुभव गराउने शैलीका हुन्छन् र निको पनि हुन्छ । तीनलाई प्रायः विशेष उपचारको आवश्यकता समेत पर्दैन । कतिपटक त बिरामीलाई उनीहरु कोभिड-१९ बाट ग्रसित छु भन्ने कुराको जानकारी समेत हुँदैन ।

यी व्यक्तिहरुलाई समस्या

हरेक ६ मध्ये एक व्यक्तिमा कोरोनाको प्रभाव निकै नै गम्भीर स्तरसम्म पुग्छ । यो स्थिति खासगरी त्यस्ता बिरामीहरुमा देख्न सकिन्छ । जो पहिलादेखि नै कुनै गम्भीर बिरामीबाट पीडित छन् । जस्तो मुटुका बिरामी, उच्चरक्तचापका, मधुमेहका बिरामी अथवा कुनै दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी समस्या जस्तै दमका रोगी ।

कोभिड–१९ का विशेष लक्षणहरु

नेशनल हेल्थ सर्भिस (एनएचएस), बेलायतमा कोभिड–१९ का केही विशेष लक्षणहरु देखा परेका छन् । त्यसमा रोगीको शरीरको तापक्रम अति नै बढेको पाइयो । यति बढ्यो कि यदि बिरामीले आफ्नो छाती अथवा ढाडमा हात राख्दा समेत पोलेको अनुभव भयो ।

निको हुने सम्भावना रोग प्रतिरोधक क्षमतामा निर्भर

कोभिड-१९ एउटा भाइरल निमोनिया भएकाले यसका बिरामीहरुलाई कुनै पनि प्रकारको एन्टिबायोटिक ट्याब्लेटले काम गर्दैन । फ्लुमा दिइने भाइरल रोक्ने औषधिले पनि यो बिरामीमा काम गर्दैन । अहिलेसम्म यो बिरामीको कुनै पनि खोप तयार भइसकेको छैन । यस्तो अवस्थामा यो रोगबाट छुटकारा पाउने कुरा बिरामीको रोग प्रतिरोधक क्षमतामा नै निर्भर गर्छ ।

नेशनल हेल्थ सर्भिसको सल्लाह

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाह के छ भने जो सुकै व्यक्तिलाई माथि उल्लेखित लक्षणहरु देखा पर्‍यो भने ती व्यक्तिले कम्तिमा सात दिनसम्म घर भित्रै बस्नुपर्छ । त्यसक्रममा परिवारका सदस्यहरुसँग समेत ती व्यक्तिले एउटा दुरी बनाउनुपर्छ । यदि तपाईं परिवारसँग बसिरहनु भएको छ भने तपाईंले कम्तिमा १४ दिनसम्म घर भित्रै बस्नुपर्छ ।

यस्तो अवस्थामा स्वास्थ्य सहायता

यदि तपाईंको शरीरमा बिरामीको लक्षण  ७ दिनपछि नै देखा पर्‍यो भने पनि तपाईंले तत्काल स्वास्थ्य सहायता लिनुपर्छ । कोभिड-१९ बाट ग्रसित बिरामीहरुमध्ये मृत्यु हुने मानिसहरुको संख्या जवान व्यक्तिहरुमा एक प्रतिशतभन्दा पनि कम हुन्छ । जबकी बृद्ध-बृद्धा अथवा अन्य बिरामीसँग जुधिरहेका व्यक्तिहरुमा यो संख्या तीन प्रतिशतभन्दा बढी छ ।

फ्लु र कोभिड-१९ बाट मुक्ति

मौसमी फ्लुमा बिरामीबाट मृत्यु हुने मानिसहरुको संख्या एक प्रतिशतभन्दा कम हुन्छ । त्यही पनि त्यस्ता मौसमी बिरामीहरुबाट हरेक वर्ष विश्वमा करिब चार लाख मानिसहरुको मृत्यु भइरहेको हुन्छ । मौसमी फ्लु तथा कोभिड-१९ मा एउटा ठूलो अन्तर के छ भने यो बिरामीको कुनै खोप बनेको छैन । त्यसैले जो व्यक्तिहरुमा यो बिरामीको संक्रमणको सम्भावना बढी हुन्छ, उनीहरुलाई बचाउन निकै गाह्रो हुन्छ ।

तापक्रम नाप्ने बेलामा ध्यान दिने कुराहरु

यदि तपाईंले खाना खानुभएको छ, कुनै पेय पदार्थ पिउनु भएको छ, नृत्य वा अभ्यास गर्नुभएको छ भने ती गतिविधिहरु गरेको कम्तिमा आधा घण्टापछि नै आफ्नो शरीरको तापमान परीक्षण गर्नुहोला । यदि तपाईं पारासिटामोल, आईब्रूफिन, एस्पिरिन जस्ता कुनै औषधि सेवन गरिरहनुभएको छ भने ती औषधि सेवन गरेको छ घण्टापछि शरीरको तापमान परीक्षण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment