१५ चैत, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाले विदेशबाट फर्केकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण थालेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि नगरपालिकाले घरघर पुगेर स्वास्थ्य परीक्षण थालेको हो ।
स्वास्थ्य परीक्षणका लागि मेडिकल अधिकृतसहितको टोली परिचालित भएको थाहा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार, फागुन १५ पश्चात यो क्षेत्रका ६३ जना घर फर्किएका छन् । यीमध्ये ३४ जनाको नगरपालिकाले स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गरिसकेको छ । बाँकी २९ जनाको पनि स्वास्थ्य परीक्षण भइरहेको नगरपालिकाले जनाएको छ । कतिपय भने परीक्षणका लागि आफैं स्वास्थ्य संस्था पुगेको नगरपालिकाले जनाएको छ ।
यसैबीच, थाहा नगरपालिकाले क्वारेन्टाइन निर्माणसमेत गरिरहेको छ । थाहा नगरपालिका–६, मा निर्माण भइरहेको क्वारेन्टाइन अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4