Comments Add Comment

लकडाउनमा बुटवलको थोक तरकारी बजारमा चरम लापरवाही

१५ चैत, बुटवल । कोभिड–१९ को संभावित जोखिमलाई मध्यनजर गर्दै सरकारले देशव्यापी लकडाउन गरेको छ ।

संघीय, प्रदेश र स्थानीय तहका सरकारहरुले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न अपिल गरेका छन् ।

सञ्चारमाध्यमहरुले पनि कोभिड–१९ को संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे नागरिकलाई सूचित गरेकै छन् । यति हुँदा पनि बुटवलको थोक तरकारी बजारमा भने लापरवाही देखिएको छ ।छ

बुटवल उपमहानगरपालिका समेत सञ्चालक रहेको तरकारी थोक बजारमा शनिबार बिहान सयौं उपभोक्ता र व्यापारीको भीड लाग्यो । जबकी तीनै तहका सरकारले भीड नगर्न र कम्तीमा तीन फिट दुरी कायम गरेर बस्न÷किनमेल गर्न भनेको छ ।

बुटवल उपमहानगरको वडा नंं. ६ को कार्यालय सामुन्ने सञ्चालित थोक तरकारी बजारमा भने कोभिड–१९ को संक्रमणबाट जोगिन अपनाउनुपर्ने कुनै सावधानी अपनाइएको छैन । बरु जोखिम निम्तिने गरी उपभोक्ता र ब्यापारीको ठेलमठेल भीड लगाइएको छ ।

यो बजारमा ७० वटा भन्दा बढी तरकारी र फलफूल पसल रहेका छन् । कतिपय व्यापारी र कामदार भारतीयसमेत छन् । यहां अधिकांश तरकारी र फलफूल भारतबाटै आउने गर्छ ।

भारतीय ट्रकचालक र मजदुर थोकबजारसम्मै आउने गर्छन् । नेपालका पनि धेरै जिल्लाबाट यहाँ तरकारी आउने गर्छ । यसले गर्दा यो तरकारी बजार कोभिड–१९ संक्रमण हुन सक्ने जोखिमयुक्त ठाउँ हो ।

तर उपमहानगरपालिका र थोक बजार सञ्चालक समितिले कोभिड–१९ संक्रमण रोकथाममा चासो नदिंदा नगरवासीहरु जोखिममा पर्नसक्ने त्रासमा छन् ।

‘संभावित जोखिम र संक्रमण रोक्न कुनै चासो दिइएको छैन, सावधानीका उपाय अवलम्बन गरिएको छैन’–थोक बजार केन्द्रका निवर्तमान अध्यक्ष केशव कुँवरले भने–‘स्थानीय सरकारको चरम लापरवाही भएको छ, यस्तो लापरवाही तत्काल नरोक्ने हो भने नगरवासी जोखिममा पर्छन् ।’

लकडाउनका बेला पनि भारतीय ट्रक, चालक र मजदुरलाई तरकारी बजारसम्म निर्वाध आउन दिइएको कुँवरले बताए ।

बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले तरकारी बजार खोल्न दिने भनिए पनि त्यरी भीडभाड गर्ने छुट नभएको बताए । यसबारे उपमहानगरले तत्काल कदम चाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment