
१५ चैत, जनकपुरधाम । जनकपुरधाममा प्रति मास्क रु ७५० मा बेच्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बजरंग जेनरल स्टोरका सञ्चालक जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय राजेश कुमार झा रहेका छन् ।
प्रादेशिक अस्पताल नजिकै रहेको स्टोरबाटप्रति मास्क ७५० र पञ्जाप्रति पोका ५ सय रुपैयाँमा बेचीरहेको समयमा अनुगमन टोलीले फेला झालाई पक्राउ गरेको हो ।
बजारमा प्रति मास्कको ३ सयदेखि ३५० मूल्य पर्ने मास्क झाले ७५० रुपैयाँमा बेचेर कालोबजारी गरेका कारण पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
झालाई मास्क र पञ्जासहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4