+
+
Shares

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १५ गते २३:५६

१५ चैत, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ ।

शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ । उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन् ।

अहिले ७० हजार मानिस उपचाररत छन् । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक ३१ डिसम्बरमा चीनको वुहानमा देखिएको थियो ।

सुरुमा चीनमा मात्र देखिएको कोरोनाले पछिल्लो समय युरोपेली देशहरुमा महामारीको रुप लिएको छ । र, चीनमा नियन्त्रण उन्मुख हुँदा इटली र स्पेनमा संक्रमित र मृतकको संख्या बढ्दो छ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ६ लाख ४२ हजार कटिसकेको छ भने मृत्यु हुनेको संख्या करिब ३० हजार पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?