+
+
Shares

लकडाउनको मौकामा धमाधम रोड मार्किङ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते ९:२५

१६ चैत, काठमाडौं । सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

‘एक ठाउँमा ४-५ कामदार भए काम हुन्छ, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’

उनले राती गर्नुभन्दा दिउँसो गर्दा यस्तो मार्किङ प्रभावकारी हुने देखिएको बताए । अनुगमन पनि गर्न पाइने र कामदारले ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।

‘४-५ वटा सडकमा मार्किङ गर्न बाँकी छ, ती सडकमा काम गरिरहेका छौं,’ उनले भने,’यही मौकामा सबैतिर गर्ने भन्ने पनि हैन, गरिहाल्नुपर्ने देखिएका स्थानमा मार्किङ गर्न लागेका हौं ।’

सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सकडमाहरु कालोपत्रे गरेको थियो । आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ । सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?