Comments Add Comment

दाङका तीन जनाको रिपोर्ट नेगेटिभ

१६ चैत, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई आज डिस्चार्ज गरिएको छ ।

कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले तीनै जनाको रिपोर्ट नेगेटिभ आएकाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको जानकारी दिए ।

यसअघि आइसोलेसनका अन्य दुई जनाको रिपोर्ट  पनि नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंका गरिएका बिरामीहरुका लागि १० शय्याको आइसोलेसन बनाइएको छ ।

गत बुधबारदेखि सन्चालमा आएको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पनि तीन जना बिरामी आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment