Comments Add Comment

जुत्ताबाट पनि फैलिन्छ कोरोना भाइरस ?

कोरोना भाइरस कसरी वा कुन माध्यमबाट फैलिँदैछ भन्ने कुरामा अहिले विभिन्न अध्ययन भइरहेका छन् । मान्छेबाट मान्छेमा वा मान्छेले प्रयोग गरेको वस्तुमा यसको भाइरस सर्नसक्ने बताइएको छ । त्यसैले कतिपय वस्तुहरु पनि कोरोना भाइरस फैलावटका लागि जिम्मेवार मानिँदै आएको छ । पैसा, लिफ्ट, एटिएम आदि ।

यसैबीच डेली मेलले एउटा रिपोर्ट प्रकाशित गरेको छ । जसमा जुत्ताको माध्यमबाट समेत कोरोना भाइरस सर्न सक्ने औल्याएको छ । उक्त रिपोर्टअनुसार जुत्ताको सोल पनि ब्याक्टेरिया, फंगस तथा भाइरसको बाहक बन्नसक्छ । भनिन्छ, जुत्ताहरुको सोलमा पनि कोरोना भाइरसका पाँच दिनसम्म जीवित रहनसक्छन् ।

डेली मेलको एउटा रिर्पोटका अनुसार वैज्ञानिकहरुको भनाई के भने कोरोना भाइरस जुत्ताको  सोलमा पाँच दिनसम्म जीवित रहन सक्छन् । खासगरी त्यस्ता जुत्ताको सोलमा, जुन सार्वजनिक क्षेत्रहरु जस्तै सुपर मार्केट, बसपार्क अथवा अस्पताल जस्ता क्षेत्रमा लगाएर जाने गरिएको हुन्छ ।

अब, बुझ्नुपर्ने कुरा के छ भने भाइरस जुत्ताहरुको सोलसम्म कसरी पुग्यो ? वास्तवमा, यो त हामी सबैलाई थाहा भएकै कुरा हो । कोरोना संक्रमित व्यक्तिले हाछयुँ गर्दा अथवा खोक्दा समेत उसको मुखबाट निस्कने थुकको छिटा अथवा थुकका कणमार्फत् भाइरस फैलिन्छ । उनीहरुको खोकाई अथवा हाछ्युँबाट हावामा फैलिएको थुकका छिटाहरु जमिनमा झरेपछि अथवा जुत्तामाथि, जुत्ताको तुनामा अथवा भुईंमा झरेपनि, भाइरसहरु जुत्ताको सम्पर्कमा आउँछन् । त्यसक्रममा भुईं अथवा तुनामार्फत् भाइरस जुत्ताको सोलसम्म पुग्छ ।

जुत्ताका सोलहरु ड्युरेबल सिन्थेटिक मेटेरियल अर्थात् रबर, छाला अथवा प्लास्टिक आदिबाट बन्दछन् । ती मटेरियलहरुमार्फत् हावा, थुकको छिटा अथवा पानी वार-पार हुँदैनन् । त्यसैले तीनमा ब्याक्टेरिया अथवा भाइरस बसिरहने सम्भावना हुन्छ ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एउटा रिपोर्टमा पनि के दाबी गरिएको छ भने कोरोना भाइरस कार्डबोर्ड (काठ) मा २४ घण्टासम्म जीवित रहनसक्छ । त्यसो त, यो कुरा वातावरणको तापमानमा पनि निर्भर हुन्छ।

उक्त अध्ययनका अनुसार प्लास्टिक तथा स्टेनलेस स्टिलमा कोरोना भाइरस दुईदेखि तीन दिनसम्म जीवित रहनसक्छ । जबकी जुत्तामा प्रयोग हुने सिन्थेटिकमा यो भाइरस पाँच दिनसम्म जीवित रहन सक्छ ।

उक्त अध्ययनको दाबीलाई कन्सास सिटी पब्लिक हेल्थ स्पेसलिस्ट कारोल तथा अन्य विशेषज्ञहरुले पनि समर्थन गरेका छन् । उनीहरुको भनाइ के छ भने सिन्थेटिक तथा प्लास्टिकबाट बनेका जुत्ताहरुले एक्टिभ भाइसरहरुलाई जीवित राखिरहन सक्छन् ।

स्वास्थ्य विशेषज्ञहरुको सल्लाह के छ भने कोरोना संक्रमणको सम्भावित सार्वजनिक स्थानहरुबाट घर आउने क्रममा जुत्ताहरुलाई घरको मुल ढोकाभन्दा बाहिर नै खोल्नुपर्छ । खासगरी सपिङ मलहरु अथवा बाहिर काम गर्ने मानिसहरु अथवा स्वास्थ्यकर्मीहरुलाई त्यसो गर्ने सल्लाह दिइएको छ ।

किनभने हामीलाई के थाहा छ भने कोरोना भाइरसबाट मानिसहरुलाई जोगाउने उपयुक्त उपचार पत्ता लाग्नुभन्दा अघि यसबाट बच्नु नै सबैभन्दा बुद्धिमानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment