News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले चितवनको नारायणगढमा प्रोटोन इमास ब्रान्डको इलेक्ट्रिक सवारी साधनको शोरुम सञ्चालनमा ल्याएको छ।
- शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान गरिने कम्पनीले जनाएको छ।
- नारायणगढ शोरुमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवा ग्राहक नजिक पुर्याउने जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले बताए।
२१ कात्तिक, चितवन । जगदम्बा मोटर्स प्रा.लि.अन्तर्गतको प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन इमासले चितवनको नारायणगढमा शोरुम सञ्चालनमा ल्याएको छ ।
यस शोरुमबाट थ्री एस सेवा (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) प्रदान हुने जगदम्बा मोटर्सले जनाएको छ । देशव्यापी विस्तार यात्रालाई निरन्तरता दिँदै चितवनमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
उद्घाटन समारोहमा प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे र उद्योगपति तथा समाजसेवी बल गोपाल चुके सहभागी थिए । साथै प्रोटोन इमासका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले नारायणघाट शोरूमले आधुनिक ईभी प्रविधि र विश्वसनीय सेवालाई ग्राहक नजिक पुर्याउने बताए ।
नारायणगढ शाखा थपिएसँगै प्रोटोन इमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायात सञ्जाललाई अझ सुदृढ बनाएको छ ।
प्रतिक्रिया 4