+
+
Shares

काठमाडौंमा प्रोटोन इमासको एक्स्चेन्ज अफर, थपियो १ दिन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदम्बा मोटर्सअन्तर्गत प्रोटोन इमासले काठमाडौंमा नोभेम्बर २१ देखि २४ सम्म विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
  • कार्यक्रममा विद्यमान सवारी साधन एक्स्चेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे जानकारी प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।
  • प्रोटोन इमास ७ ले १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लियरेन्स र ४९२–५८५ किलोमिटर एनईडीसी रेञ्ज प्रदान गर्दछ भने एक्स्चेन्ज अफर ४६.९९ लाख रुपैयाँदेखि सुरु हुनेछ।

७ मंसिर, काठमाडौं । जगदम्बा मोटर्सअन्तर्गत सञ्चालित इलेक्ट्रिक सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौंमा विशेष एक्स्चेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

पूर्वनिर्धारित अवधिमा १ दिन समय थपिएको छ । नोभेम्बर २१ देखि २४ (मंसिर ५–८)सम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना भइरहेको छ ।

चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्स्चेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।

एक्स्चेन्ज अफर ४६.९९ लाख रुपैयाँदेखि सुरु हुनेछ । प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लियरेन्स तथा ४९२ र ५८५ किलोमिट। एनईडीसी रेञ्ज प्रदान गर्दछ ।

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभी को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। ‘यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने छन्’ कम्पनीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?