Comments Add Comment

होम क्वारेन्टाइनमा यस्तो छ दीपिकाको फिटनेस सूत्र

अहिले होम क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई दिन बिताउन नै मुस्किल भइरहेको छ । बाहिर निस्कन प्रतिबन्ध लागेपछि खाने सुत्ने र समय मिलेसम्म आफूलाई मनलागेको कुराहरु घरमा नै उपलब्ध भएसम्म शोख पूरा गर्ने गरिएको पाइन्छ । शारीरिक क्रियाकलापको कमी हुँदा र खानपान धेरै हुँदा मोटोपना बढ्ने चिन्ता धेरैमा देखिन्छ । सेलिब्रिटी, अझ नायिकाहरु यसमा झनै चिन्तित छन् । किनकी मोटोपन उनीहरुको दुस्मन जस्तै हुन्छ।

लकडाउनका कारण धेरै सेलिब्रेटीहरुलाई मोटोपनको शिकार बन्ने डर छ । तर, नायिका दीपिका प्रसाईं भने यसमा निश्चिन्त छिन् । उनले यसबाट जोगिनका लागि पर्याप्त सतर्कता अपनाएकी छन् । त्यसैले पनि उनी मोटोपनको शिकार भएकी छैनन् ।

दीपिका भन्छिन्, ‘यो बेला मोटाइन्छ भनेर आफैं सतर्क हुनु पर्ने रहेछ। म पनि अहिले सतर्क छु ।’ फिट रहनको दीपिका नियमित व्यायाम गर्छिन् । उनले अहिले घरभित्रै आफ्नो व्यायामलाई निरन्तरता दिएकी छिन् । बिहान उठ्ने बित्तिकै दीपिका र उनका श्रीमान् दीवाकर भट्टराईसँगै व्यायाम गर्छन् ।

दीपिकाले भनिन्, ‘एकैछिन यहीँ भित्र दौडिन्छौँ । अनि पुसअप, सेट-अप गर्‍यो । मेडिटेसन  पनि गर्छौं ।’ दीपिकाले खानेकुरा बारेकी छैनन् । आफूलाई मन परेको खानेकुरा खान उनी आफूलाई रोक्न पनि सक्दिनन् ।

‘मन लागेको खानेकुराहरु खाइरहेको छु । खाएअनुसार एक्सरसाइज गर्‍यो भने शरीर आफैँ फिट हुन्छ, खाना बारिरहनु आवश्यक छैन’, दीपिका भन्छिन् । दीपिका आफ्नो शुभचिन्तकहरुलाई पनि फिट हुनको लागि दैनिक व्यायाम गर्न सुझाव दिन्छिन् ।

‘जतिसक्नुहुन्छ, जे सक्नुहुन्छ त्यहीँ गर्नुस्’, दीपिका भन्छिन्, ‘जसले तपाई‌ंलाई फूर्तिलो बनाउँछ र मोटपन पनि आउँदैन ।’ दीपिकाको दिन चलचित्र हेरेर बितिरहेको छ । दिनमा चारवटासम्म चलचित्र हेर्ने गर्छन्, दीपिका र दिवाकर । दीपिका भन्छिन्, ‘सेड्युल बनाएर नै हामी चलचित्र हेरिरहेका छौँ । दिनमा चारवटासम्म चलचित्र हेर्ने गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment