Comments Add Comment

मेडिकल सप्लायर्सको काउन्टर : प्रचलितभन्दा अधिक मूल्यमा स्वास्थ्य सामाग्री किनियो

१६ चैत, काठमाडौं । मेडिकल सप्लायर्सहरुले सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेको एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीपी) लगायतका उपकरणको पहिलो खेल आइतबार मात्र काठमाडौं आइपुगेको छ । तर सम्झौताको खरिद मूल्य सार्वजनिक भएपछि महंगो भएको भन्दै आलोचना गरेका थिए ।

आइतबार स्वास्थ्य मन्त्रालयले अभावका बेला केही महंगो भएको हुनसक्ने तर भ्रष्टाचार नभएको स्पष्टीकरण दियो । नेपालका सप्लायर्ससहरुसँग छलफल गरेर मात्र यो खरिद गरिएको मन्त्रालयको दाबी थियो ।

तर नेपाली सप्लायर्सहरुको छाता संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले त्यसको खण्डन मात्र गरेको छैन, खरिद प्रक्रियामा प्रश्नसमेत उठाएको छ ।

संघकाअनुसार फागुन २५ मा स्वाथ्य सेवा विभागले मागेअनुसार संघका र अन्य गरी १९ व्यवसायीले आवश्यक सामाग्रीको कोटसन दिएका थिए । साथै त्यसपछिका छलफलमा आवश्यकता र आपूर्ति समयअनुसार खरिद निर्देशन दिने सहमति भएको भन्दै संघले भनेको छ, हालसम्म उक्त प्रक्रिया पूरा भएको छैन ।’

कोटेसनसहित फेरि छलफलमा बोलाएर सम्झौताका लागि पुन बोलाउन आश्वासन दिएर निश्चित व्यवसायीसँग प्रचलित बजारभन्दा अधिक मूल्यमा सामाग्री खरिद गरिएको संघको आरोप छ ।

साथै रसायन तथा मेडिकल आपूर्ति संघले किनिएको सामानको गुणस्तरमा पनि प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment