Comments Add Comment

पर्यटन क्षेत्रका काम गर्नेहरुले चैत महिनाको पुरै तलब पाउने

१६ चैत, काठमाडौं । पूर्ण रुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पूरै तलब दिनुपर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) बाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित छ । धेरैजसो होटल, ट्राभल एजेन्सी लगायतका पर्यटन क्षेत्रले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । कतिपयले बेतलबी बिदा समेत दिएका छन् ।

तर, मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पर्यटन क्षेत्रमा काम गरेका सबैलाई चैत महिनाको पूरै तलब दिनुपर्ने निर्णय गरेको छ । व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठान स्तरको कल्याणकारी कोष उपयोग गर्नसक्ने सरकारले निर्णय गरेको छ ।

सम्बन्धित कम्पनीले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्ने सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

यस्तै, पूर्णरुपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानहरुले दैनिक वा मासिक ज्यालादारीमा काम गर्ने श्रमिकलाई चैत महिनाको पुरै तलब दिनुपर्नेछ ।

व्यवसाय सञ्चालन नभएसम्मका लागि श्रमिकलाई ज्याला भुक्तानी गर्न प्रतिष्ठानस्तरको कल्याणकारी कोषको रकम उपयोग गर्न सक्नेछन् । तर सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम भने सरकारले व्यहोर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment