Comments Add Comment

कोरोना भाइरसबाट अमेरिकामा दुई लाख मानिसको मृत्यु हुने चेतावनी

१६ चैत, काठमाडौं । अमेरिकी सरकारका उच्च संक्रामक रोग विशेषज्ञले अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का कारण एकदेखि दुई लाख मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएका छन् ।

आइतबार अमेरिकी समाचार संस्था सीएनएनलाई दिएको अन्तर्वार्तामा अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउकीले यस्तो चेतावनी दिएका हुन् ।

अन्तर्वार्तामा फाउकीले अमेरिकामा दशौं लाख मानिसमा यो रोगको संक्रमण देखिनसक्ने बताएका छन् । अमेरिकामा कोभिड-१९ का सबैभन्दा धेरै संक्रमित देखिएसँगै फाउकीको यस्तो चेतावनी आएको हो ।

अहिले अमेरिकामा यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या एक लाख २४ हजार नाघिसकेको छ । साथै, यसबाट मृत्यु हुने मानिसको संख्या पनि मानिस संक्रमित दुई हजार दुई सय कटिसकेको छ ।

फाउकीले अहिले अमेरिकाको विभिन्न राज्यले ल्याएको कोरोना भाइरस नियन्त्रणको योजना पर्याप्त नरहेको बताएका छन् । पछिल्लो केही दिनमा नै अमेरिकामा यो भाइरस संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment