Comments Add Comment

बेलारुस : जहाँ फुटबल निर्वाध चलिरहेको छ

काठमाडौं । कोरोना भाइरस महामारीको कारण विश्व खेलगतिविधि रोकिएको छ । सारा फुटबल स्थगित भएको छ । तर एउटा यस्तो ठाउँ जहाँ निर्वाध फुटबल चलिरहेको छ । कोरोनाले फुटबललाई कुनै प्रभाव पारेको छ ।

बेलारुस धेरैले यसअघि कमै नाम सुनेका थिए होला । अनी यस देशको फुटबल लिगको नाम त झन् सुन्ने कुरै भएन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि खासै चर्चा गर्थेन बेलारुसको फुटबल बारे ।

तर अहिले भने अन्य सबै ठाउँको फुटबल रोकिएको छ । त्यसैले बेलारुसियन प्रिमियर लिगले स्थान पाएको छ । शनिबार मात्र त्यहाँको शीर्ष लिगको ६ खेल भए । जसमा एफसी मिन्स्क र डाइनामो मिन्स्कबीचको डर्बी खेल समेत थियो । बेलारुसको राजधीनमा भएको उक्त खेल हेर्न ३ हजार दर्शक उपस्थित थिए । पृथ्वीमै यो डर्बी एउटै मात्र आधिकारिक खेल जस्तो भएको छ । एफसी मिन्स्कसंग ३-२ ले पराजित भएपछि डाइनामो मिन्स्कको म्याच रिपोर्टमा लेखिएको छ ।

बेलारुसमा कोरोनाको संक्रमण १०० भन्दा तल छ भने अहिलेसम्म कसैको मृत्यु भएको छैन । कुनैबेला सोभियत रुसको अंग रहेको बेलारुसको जनसंख्या करिब ९.५ मिलियन छ ।

युरोपका धेरै जसो राष्ट्रका जनता अहिले क्वारेन्टाइनमा बसिरहेका छन् । बोर्डर बन्द गरेका छन् । तर बेलारुसका राष्ट्रपति एलेक्जान्डर लुकाशेन्कोले यसबाट चिन्तित छैनन् र आफनो जनतालाई भोड्का पिउन सल्लाह दिइरहेका छन् ।

बेलारुस फुटबल फेडेरेसनका प्रवक्ता एलेक्जान्डर एलेइनिकले खेल अगाडि बढाउनका लागि सतर्कता अपनाइएको बताए । ‘हामीले खेलकुद मन्त्रायलले भने बमोजिम सबै नियम पालना गरेका छौँ । फ्यानसँग भेट हुने सबैलाई ग्लोब प्रदान गरेका छौँ ।’

फुटबललाई निरन्तरता गर्ने निर्णयले बेलारुस फुटबल फेडेरेसनलाई १० राष्ट्रका स्पोर्ट्स नेटवर्कसँग ब्रोड्कास्टिङ डिल कायम राख्न सहयोग गरेको छ । फेडेरेसनका प्रवक्ता एलेएनिकले यसलाई कहिल्यै नभएको अवस्था भनेका छन् ।

बेलारुसियन प्रिमियर लिग सात पटक जितेको डाइनामो मिन्स्कले यस सिजन लगातार दुई हार बेहोरिसकेको छ भने अंकविहीन छ । एफसी मिन्स्क विरुद्ध डाइनामोका एक खेलाडी ५८औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

डाइनामोका प्रवक्ता एलेक्जान्डर स्ट्रोकले लगातार दुई हारपछि आशा राखेका छन् कि अन्तर्राष्ट्रिय ध्यानाकर्णपछि खेलाडीहरु अझै उत्तरदायी हुनेछन् ।

विश्वभरका फुटबल फ्यानहरु अहिले सामाजिक सञ्जालमा बेलारुसको फुटबलबारे चर्चा गरिरहेका छन् । डेभिड वाट्सनले लेखेका छन् ‘यस सिजनको अन्त्यपछि बेलारुसमा समर्थन गर्नलाई एउटा टिम हुनेछ ।’

सन् १९९२ देखि सुरु भएको बेलारुसियन प्रिमियर लिग बाटे बोरिसोभले सर्वाधिक १५ पटक जितेको छ । गत सिजन डाइनामो ब्रेस्टले लिगको उपाधि जितेको थियो । लिगमा यो ३०औं सिजन हो । कोरोना भाइरसका कारण विश्वभर लिग रोकिएपनि बेलारुसमा भने यही मार्च १९ देखि लिग सुरु भएको हो । जहाँ सहभागि टिमले २-२ खेल खेलिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment