
विश्व कोरोनाको चपेटमा परेको समयमा विभिन्न देशका कलाकारले यसका विरुद्ध लडाइका लागि सरकारलाई सहयोग गरिरहेका छन । बलिउडका धेरै कलाकारले सहयोग गरेको खबर पनि सार्वजनिक भैरहेका छन । नेपालमा पनि कोरोना राहत कोष गठन गरिएको छ ।
तर, नेपाली कलाकार यस्तो समयमा मौन बसेको र कुनै सहयोग नगरेको भन्दै सामाजिक संजाल र केही मिडियामा आलोचना पनि भैरहेको छ । यो समयमा नायिका करिश्मा मानन्धरले भने सबै समस्याको समाधान कलाकारले गर्नुपर्ने हो भन्दै आक्रोश पोखेकी छिन् ।
सामाजिक संजालमा आक्रोशपुर्ण स्टाटस कोर्दै करिश्माले सबै समस्याको समाधान कलाकारले गर्ने हो भने कलाकारको के काम भनेर पनि लेखेकी छिन् ।
करिश्माले के हामी धुर्मुस–सुन्तली, रवि लामिछाने हौ र भनेर पनि सोधेकी छिन । करिश्माले गएर भगवानलाई खोज्न भन्दै घर बस्न समेत अपिल गरेकी छिन् ।
करिश्माले हरेक समस्याको समाधान कलाकारले गर्न नसक्ने भन्दै यस्तो समयमा पनि कलाकारको आलोचना नगर्न घुमाउरो तरिकाले चेतावनी दिएकी छिन् ।
प्रतिक्रिया 4