+
+

‘ह्याप्पी बर्थ डे’ अनमोल केसी !

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते १२:४८

नायक अनमोल केसी वर्तमान समयमा हट केक हुन् । नेपाली चलचित्रमा उनको माग एकदमै धेरै छ । अनमोललाई लिएर चलचित्र बनाउनका लागि निर्माताले ५० लाखसम्म पारिश्रमिक दिन तयार भएका छन् ।

उनै, हट केक नायक केसी आज आफनो जन्मदिन मनाउँदैछन् । उसो त, नायक केसीले जन्मदिनको अवसरमा खासै कुनै योजना भने बनाएका छैनन् । विश्व यतिबेला कोरोना भाइरसको चपेटामा रहेकाले पनि अनमोल घर बाहिर गएर जन्मदिन मनाउन सक्दैनन् ।

यसअघिका जन्मदिनमा उनका शुभचिन्तकहरु उनको घरसम्म पुग्ने गरेका थिए । तर, यसपटक भने अनमोलले जन्मदिनमा कुनै योजना बुनेका छैनन् । नायक केसीलाई उनका पिता भुवन केसीले जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले उमेर जति नै बढेपनि आफ्ना लागि अनमोल सधैं नै स्मार्ट बच्चाको रुपमा रहने उल्लेख गरेका छन् । यस्तै, अनमोललाई शुभचिन्तक, चलचित्रकर्मीले पनि सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।

नायक भुवन केसी र नायिका सुस्मिता केसीको कोखबाट जन्मिएका अनमोलले अभिनय गरेको पहिलो चलचित्र भने ‘होस्टेल’ हो । उनी, अहिले आठौं चलचित्र ‘ए मेरो हजुर-४’मा व्यस्त छन् । अनमोल आजबाट २५ वर्ष पूरा भएर २६ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?