Comments Add Comment

अदितीको माया

नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर बलिउडमा काम गर्ने कोशिशमा लागेको केही बर्ष भयो । तर, उनले अपेक्षित सफलता भने पाएकी छैनन । उनी, सामाजिक संजालमा भने चर्चित छिन । सामाजिक संजालमा विभिन्न विज्ञापन पोष्ट गरेर उनले आम्दानी पनि गरिरहेकी छिन ।

उनै, अदिती यतिबेला दोश्रो नेपाली चलचित्र ‘बेन्जो’को तयारीमा छिन । यो चलचित्रका लागि उनी नेपालमा छिन । तर, यो चलचित्रको छायांकन सुरु हुनु अगाडि नै विश्वभर कोरोना संक्रमण फैलियो । अहिले, चलचित्रका सबै काम रोकिएका छन ।

अदिती पनि घरमै समय कटाइरहेकी छिन । सामाजिक संजालमा निकै नै बोल्ड तस्वीर पोष्ट गर्न अगाडि रहेकी यी नायिकाले शुभचिन्तकलाई माया भन्दै केही तस्वीर पोष्ट गरेकी छिन । सबैलाई माया र उज्यालो पठाएको छु भन्दै उनले पोष्ट गरेको तस्वीरलाई उनका शुभचिन्तकले रुचाएका छन ।

अदितीले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘कृ’ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment