
१७ चैत, बुटवल । प्रदेश पाँच सरकारले तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भैरहवाको गहुँबाली अनुसन्धान केन्द्र परिसरमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र नेपालगञ्जको भेरी अस्पतालमा तत्काल प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो ।
तीन वटै प्रयोगशालाबाट कोरोना भाइरसको परीक्षण गर्ने प्रदेश सरकारको निर्णय छ ।
हालै मात्र केन्द्र सरकारले चीनबाट ल्याएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको जाँच गर्ने पाँचमध्ये एक मेसिन प्रदेश ५ लाई दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4