Comments Add Comment

मुक्तिनाथ विकास बैंक बन्यो फाल्गुन महिनाको ‘मोबाइल बैंकिङ्ग लिडर’

१७ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक यो वर्षको मोबाइल बैंकिङ लिडर बनेको छ । एफवान सफ्ट घोषणा गरेको फाल्गुन महिनाको मोबाइल बैंकिङ्ग लिडर मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको आयोजकले जनाएको छ ।

‘फोन पे’ नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ्ग लिडर बन्न सफल भएको हो ।

ग्राहकले मुक्तिनाथको मोबाइल बैंकिङ्ग मार्फत् कुल १५ हजार आठ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment