
१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा पछिल्लो २४ घण्टामा आठ सय १२ जनाको ज्यान गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो दुई दिनको तुलनामा पछिल्लो २४ घण्टामा मृत्यु हुने मानिसको संख्यामा कमी आएको हो ।
यससँगै स्पेनमा कोरोना भाइरसबाट समग्रमा मृत्यु हुनेको संख्या आठ हजार तीन सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या पनि तीन हजार पाँच सय १५ ले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या पनि ८५ हजार नाघेको छ ।
यसैबीच, स्पेनको स्वास्थ्य मन्त्रालयले आईसीयुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आईसीयुको अभाव हुनसक्ने चेतावनी दिएको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ३२४ नयाँ आईसीयुका बिरामी फेला परेका थिए ।
स्पेनमा विदेशमन्त्रीले भने स्पेनमा मृतकको संख्यामा अब बिस्तारै कमी आउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4