+
+
Shares

काजोल र न्यासाको स्वास्थ्य अवस्थाको बारे अजयको यस्तो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते १४:००

सामाजिक संजालमा अहिले झुटा खबर फैलिन समय लाग्दैन । बलिउड कलाकारलाई लिएर यस्ता खबर दैनिक सार्वजनिक हुने गर्छन ।

सामाजिक संजालमा नायिका काजोल र उनकी छोरी न्यासाको बारेमा एउटा खबर फैलियो । काजोल र न्यासालाई कोरोना भाइरसले आक्रमण गरेको खबर सामाजिक संजालमा फैलियो ।

योसँगै काजोलका शुभचिन्तकहरुले यसमा चिन्ता जताएका थिए । तर, अब यो बिषयमा नायक अजय देवगणले मुख खोलेका छन ।

अजयले सामाजिक संजालमा यसको जवाफ लेख्दै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन । साथै, उनले काजोल र न्यासा दुबै स्वस्थ रहेको र कोरोनाको संक्रमणमा नपरेको उल्लेख गरेका छन । उनले, चिन्ता व्यक्त गर्ने सबै शुभचिन्तकलाई धन्यवाद पनि दिएका छन ।

अहिले सबैजसो बलिउड कलाकार घरमै समय बिताइरहेका छन । काजोल र न्यासा यो बिचमा अस्पतालमा देखिएपछि उनीहरुलाई कोरोना भएको भन्दै सामाजिक संजालमा चर्चा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?