Comments Add Comment

प्रशासन कार्यालयमा सवारी पास लिन जाँदा ….

१८ चैत, काठमाडौं । काठमाडौंको जिल्ला प्रशासन कार्यालयमा लकडाउनमा सवारी साधन सञ्चालनका लागि पास लिन आउनेहरुको मंगलबार अस्वाभाविक भिड देखियो । अस्तव्यस्त पनि त्यस्तै । पहिलो चरणको लकडाउन अवधिभर सञ्चालन गर्न दिइएको पासको अवधि सकिएकाले पनि मंगलबार पास लिन आउनेहरुको भिड बढेको हो ।

तर, न्यूनतम सामाजिक दुरी कायम गराउने सवालमा भने प्रशासनले पहल गरेको देखिएन । प्रशासनबाट खटिएका अधिकारीले झुण्डको रुपमा भेला भएकाहरुलाई नाम बोलाउँदै पास वितरण गरेको छ ।

लक डाउनको समयमा अत्यावश्यक क्षेत्रका कर्मचारी र सवारीसाधनलाई आवागमन सहज पार्नको लागि सरकारले क्षेत्र अनुसार पास वितरण गर्ने निकाय तोकेपछि पास लिनेहरुको भिड ह्वात्तै बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले आकस्मिक सवारी पास मात्रै दिने भनिए पनि विभिन्न क्षेत्रका व्यक्तिहरु पनि पास लिन कार्यालय पुगेका देखिन्थे ।

बैक तथा वित्तीय संस्थाका कर्मचारीका लागि नेपाल राष्ट्र बैकले, राष्ट्रसेवक कर्मचारीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल र खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुहरु ढुवानी वा आपूर्ति गर्ने फार्म तथा प्रतिष्ठानहरुका लागि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सवारी पास वितरण गर्ने व्यवस्था मिलाएपछि तुलनात्मक रुपमा सवारी साधन पास लिने र सञ्चालन गर्नेहरुको भीड सडकमा बढेको छ ।

लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारिक रुपमा सरकारबाट भएको आदेश हो । तर, पहुँचका आधारमा पास लिने तथा बिना पास सवारी साधन लिएर सडकमा आउनेहरुको संख्या पनि उत्तिकै बढिरहँदा लकडाउनको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment