Comments Add Comment

एनआईसी एशियाका ग्राहकले दराजबाट बिगमार्टका सामान किन्दा १० प्रतिशत छुट

१८ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम पाँचसम्म छुट हुनेगरी बैंक र दराजबीच समझदारी भएको छ ।

यो योजनामा सहभागी हुन चाहने एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म कम्पनीको वेबसाइटमा गई बिगमार्टका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले भिडभाड कम गर्न आहृवान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।

बैंकले आफ्ना  ग्राहकमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’हरु स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहकलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरु पूरा गर्न उत्प्रेरित गरेको बताएको छ ।

जसकारण अनावश्यक भिडभाड तथा नगद कारोबारबाट ग्राहक महानुभावहरुलाई टाढै राखी कोरोना भाइरस संक्रमण रोकथाम गर्न मद्दत पुग्नेछ ।

हालसम्म बैंकले २५ वटाभन्दा बढी शाखाहरुमार्फत् दैनिक निश्चित समयको लागि सेवा सुचारु गरेको छ भने ‘कोरोनासागको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरुले घरबाटै बसेर निःशुल्क रुपमा गर्न सक्ने व्यवस्था समेत बैंकले गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment