Comments Add Comment

यी हुन् विश्वमा धेरै तलब पाउने फुटबलर, मेसी शीर्षमा

१८ चैत,  काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरका खेलकुद गतिविधि ठप्प छ । अब फेरि कहिले शुरु हुन्छ थाहा छैन । यसबाट चर्चित खेल फुटबल धेरै मारमा परेको छ ।

युरोपलगायत ठूला देशका लिग, क्लब खेलाडीलाई कोरोनाले आर्थिक असर परेको छ । तर विश्व फुटबलमा नाम चलेका खेलाडीहरुको तलब भने धेरै छ । अहिले फुटबल स्थगित भएकोले धेरै खेलाडीको तलब कटौती गरिएको छ ।

स्पेनिस पत्रिका मार्काले कोरोना महामारीपछि पनि क्लबहरुले खेलाडीलाई त्यही तलब दिन सक्ला वा घटाउला भनेर प्रश्न गरेको छ । यसै सन्दर्भमा फ्रान्स फुटबल म्यागाजिनले वर्तमान विश्व फुटबलमा धेरै तलब खाने २० खेलाडीको सूचीमा सार्वजनिक गरेको छ ।

जसमा विश्व फुटबलमा नाम चलेका बार्सिलोनाका लिओनल मेसी पहिलो र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । यस्तै पेरिस सेन्ट जर्मन (पीएसजी) का नेयमार तेस्रो र रियल मड्रिडका गारेथ बेल चौथो स्थानमा छन् ।

मेसी र रोनाल्डोको तलब चौथो स्थानको बेल र पाँचौ स्थानको एन्टोनी ग्रीजमनको भन्दा झण्डै तीन गुणा बढी छ ।

यी हुने धेरै तलब पाउने शीर्ष २० फुटबल

१. लियोनल मेसी : १३१ मिलियन युरो

२. क्रिष्टियानो रोनाल्डो : ११८ मिलियन युरो

३. नेमार : ९५ मिलियन युरो

४. गारेथ बेल : ३८.७ मिलियन युरो

५. एन्टोइन ग्रीजमन : ३८.५ मिलियन युरो

६. एडेन हाजार्ड : ३५ मिलियन युरो

७. आन्द्रेस इनिएस्टा : ३४ मिलियन युरो

८. रहिम स्ट्रलिङ : ३३.८ मिलियन युरो

९. रोवोर्टो लेवान्डोस्की : २९ मिलियन युरो

१०. किलिएन एमबाप्पे : २७.६ मिलियन युरो

११. लुइस सुअरेज : २७ मिलियन युरो

१२. जेरार्ड पिके : २७ मिलियन युरो

१३. टोनी क्रुस : २६.४ मिलियन युरो

१४. फिलिप कुटिन्हो : २६ मिलियन युरो

१५. ओस्कार : २६ मिलियन युरो

१६. एलेक्सिज सान्चेज : २५.८ मिलियन युरो

१७. मेसुट ओजिल : २५.७ मिलियन युरो

१८. केभिन  डे ब्रुएना : २५.६५ मिलियन युरो

१९. सर्जियो अगुएरो: २५.३ मिलियन युरो

२०. डेभिड डे हेअ : २४.८ मिलियन युरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment