+
+
Shares

कोरोनाको डरले एमेजनका कर्मचारी हडतालमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते २०:२७

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै एमेजनसहित ई–कमर्स कम्पनीमाथि पनि दबाब बढेको छ ।

अमेरिकाको फूड डेलिभरी कम्पनी इन्स्टाकार्ट र एमेजनका केही कर्मचारीले सुरक्षा व्यवस्थाको कमी भएको भन्दै काम गर्न अस्वीकार गरेका छन् । अमेरिकी सिनेटका सांसदले पनि एमेजनका मालिक जेफ बेजोससँग कुरा गर्दै यस विषयमा चिन्ता व्यक्त गरेका छन् ।

एमेजनका प्रवक्ताले भने काममा आउन नचाहने कर्मचारीले तलबी वा बेतलबी दुवै किसिमको बिदा लिनसक्ने बताएका छन् । तर एमेजनको कर्मचारी संघले भने रोयटर्ससँगको कुराकानीमा कम्पनीले पर्याप्त मात्रामा मास्कलगायत सुरक्षा सामग्री नमिलेको बताएको छ ।

कर्मचारीहरुले भने एउटै मास्क धेरै दिनसम्म लगाउनुपर्ने परिस्थितिको सृजना भएको बताएको छ । गत वर्ष एमेजनले आफ्ना १ हजार ९०० पार्टटाइम कर्मचारीलाई दिँदै आएको स्वास्थ्य स्याहार सुविधा घटाएको भन्दै ओलाचना खेपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?