+
+
Shares

कोरोना संक्रमण रोक्न झोलुङ्गे पुलबाट आउजाउ बन्द   

रासस रासस
२०७६ चैत १९ गते ११:१८

१९ चैत, कञ्चनपुर । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोड्ने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ । स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुबैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन् ।

मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधनदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ । पुल बन्द गरिएपछि अत्यावश्यक कामका लागि बाह्य क्षेत्रमा जाने व्यक्तिले नदी तरेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

पुल भएर बाह्य क्षेत्रका व्यक्ति वडाको सडक भएर अन्यत्र जान थालेपछि जोखिमलाई मध्यनगर गर्दै पुल बन्द गरिएको वडा नं ३ का स्थानीयवासी टीकुराम डगौराले बताए ।

भारतबाट फर्केकाको घरमै पुगेर १४ दिनसम्म घरभन्दा बाहिर ननिस्कनका लागि सचेत गराएको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?