Comments Add Comment

करण भन्छन्–‘डेब्यू फिल्ममा आलियाको प्रतिभा चिन्न सकिनँ’

नायिका आलिया भट्टको नजिकको निर्देशक मानिन्छन, करण जोहर । करण जोहरले आलियालाई लिएर केही चलचित्र बनाएका छन् । आलियाको करिअर अगाडि जानुमा करणको ठुलो हात छ ।

उनै, करणले आफुले आलियालाई उनको पहिलो चलचित्रमा उनको ट्यालेन्ट अनुसारको काम गराउन नसकेको स्विकार गरेका छन् ।

करणले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘मैले आलियालाई स्टूडेन्ट अफ दि इयर २ मा काम त गराएँ । तर, उनको प्रतिभालाई चिन्न सकिनँ । वास्तविक आलिया तपाइले चलचित्र ‘हाइवे’मा हेर्न सक्नुहुनेछ ।’

करणले आलियाको साथमा नयाँ चलचित्र ‘तख्त’मा काम गर्दैछन् । यो चलचित्रमा भने आफूले आलियाको प्रतिभा अनुसारको काम गराउने उनको भनाई छ ।
आफूले आलियाको प्रतिभा चलचित्र ‘हाइवे’मा देखेपछि पछुताएको करणले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment