+
+
Shares

भक्तपुर नगरमा एक घर एक पास

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १४:५६

१९ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन दिनभर पालना हुन्छ । तर, बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले नयाँ जुक्ति निकालेको छ ।

त्यो हो, एक घर, एक पास ।

नगरपालिकोको यो जुक्ति अनुसार एकै पटक घरको एकभन्दा बढी सदस्यलाई बाहिर जान दिइने छैन । बाहिर जानको लागि अनिवार्य पासको व्यवस्था गरिएकोले पनि अहिले अनावश्यक काममा समेत बाहिर निस्कनेहरुलाई घरभित्रै राख्न सकिने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वकाअनुसार मंगलबार र बुधबार गरेर हरेक घरलाई अत्यावश्यक कामका लागि भनेर एउटा-एउटा पास दिइएको छ । ‘एउटा घरमा ७/६ परिवार नै भएपनि हामीले एउटा मात्र पास दिने गरेका छौं’ उनले भने, ‘यदि घर बाहिर निस्कनुपर्‍यो भने आलोपालो गरेर त्यही पास प्रयोग गर्नुपर्छ ।’

उनकाअनुसार तरकारी किन्न जाँदा होस् कि अस्पताल जाँदा होस्, यो पास अनिवार्य गरिएको छ । ‘नगरपालिकाका कर्मचारी, प्रहरी जसले पनि यो पास चेकजाँच गर्न सक्छन्’ उनले भने, ‘यदि कसैसँग छैन वा एक जनाभन्दा बढी हुनुहुनछ भने घर फर्काउँछौं ।’

उनकाअनुसार भक्तपुरमा दिनभर मानिसहरु घरमै बस्छन् । तर, बिहान र बेलुकी विभिन्न कामको लागि बाहिर निस्कने गर्छन् । बिहान मर्निङ वाक, पूजापाठ तथा तरकारी किन्न भनेर परिवारका सबै जसो सदस्य बाहिर निस्कन थालेपछि पास अनिवार्य गर्नु परेको वडाध्यक्ष ज्याख्वले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?