Comments Add Comment

पर्सामा दुई सातायता विदेशबाट फर्किएकाको लगत राखिँदै

१९ चैत,  वीरगञ्ज । पर्सामा दुई सातायता भारत लगायत अन्य मुलुकबाट आएकाहरुको लगत राखिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सतर्कता अपनाउन विदेशबाट आएकाहरुको लगत तयार गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १४ दिनयता भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुको लगत राख्न निर्णय गरेको उनले बताए ।

कोरोना भाइरसको संक्रमण भित्रिन र फैलन नदिन आपसी समन्वयका साथ मिलेर काम गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्थित नभएको भन्दै कार्यक्रममा सहभागीहरुले तत्काल त्यसको उचित व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment