Comments Add Comment

दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन टेनिस रद्द

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण बेलायतमा हुने विम्बल्डन टेनिस प्रतियोगिता रद्द भएको छ ।

वर्षको तेस्रो ग्राण्ड्सलामको रुपमा रहेको विम्बलडन आगामी जुन २९ देखि जुलाई १२ सम्म बेलायतमा हुने तय थियो । तर, कोरोना महामारीले भयावय अवस्था लिन थालेपछि बुधवार सो खेल स्थगित गरिएको हो ।

दोस्रो विश्वयुद्ध पछि पहिलो पटक विम्बडन रद्द भएको छ । बुधबार बसेको आयोजकको बोर्ड बैठकमा अल इंग्ल्याण्ड क्लबका प्रमुखले कठिन निर्णय लिएका हुन् ।

यस्तै मेमा हुने वर्षको दोस्रो ग्राण्ड्सलाम फ्रेन्च ओपन भने स्थगित भइसकेको छ । फ्रेन्च ओपन सेप्टेम्बरलाई सारिएको छ । कोरोना भाइरसका कारण बेलायतका एक हजार सात सय ८९ जनाको मृत्य भइसकेको छ भने देश लकडाउनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment