+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पनौतीमा फुड बैंक, सबै वडाका विपन्नलाई १७ थरी राहत सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते ११:१३

२० चैत, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैंक’ सञ्चालन गरेका छ । बुधबार बसेको नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले पनौतीमा ‘फुड बैंक’ सञ्चालन गर्ने निर्णय गरेर काम अगाडि बढाएको हो ।

पनौती बजारमा रहेको इन्द्रेश्वर प्राथमिक विद्यालयमा फुड बैंकको कार्यालय नै स्थापना गरेको मेयर भीम न्यौपानेले बताए ।

‘हामीलाई दाताले उपलब्ध गराउने खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलाई फुड बैकमार्फत् एकद्वार प्रणालीमा वितरण गर्नेछौं, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा पाँच जना कर्मचारी परिचानल गरेर फुड बैंकको काम अगाडि बढाइएको छ’ मेयर न्यौपानेले भने ।

नगरपालिकाभरि विपन्न वर्गका लागि राहत दिन चाहनेले नगरपालिकामार्फत् नै दिनुपर्नेछ । उक्त राहत फुड बैंकमा जम्मा पार्ने र वास्तविक लाभग्राहीलाई वितरण गरिने मेयर न्यौपानेको भनाइ छ ।

एउटा वडामा दश जनालाई

पनौती नगरपालिकाले हरेक वडाका दश परिवारलाई प्याकेज मार्फत् खाद्यान्न उपलब्ध गराउने भएको छ । नगरपालिकाले वडा नं. ७ मा २० परिवार र अन्य वडामा प्रतिवडा दश परिवारलाई एक साताको लागि खाद्यान्न उपलब्ध गराउने उपमेयर गीता बञ्जाराले बताइन् ।

राहतमा १७ प्रकारका दैनिक उपभोग्य वस्तु वितरण गरिने छ । चामल, दाल, नुन, गेडागुडी, तेल, बेसार प्याज, लसुन, चाउचाउ, बिस्कुट, चिनी, चियापत्ती, लुगा धुने साविन, नुहाउने साबुन, हात धुने साबुन, आलु, चिउरा र दालमोठ वितरण गरिने छ ।

लकडाउनको समयमा खानै नपाउनेहरुको पहिचान गर्ने जिम्मा वडालाई दिइएको छ ।

पनौतीमा विदेशबाट फर्किने कहाँ छन् ?

पछिल्लो समय पनौती नगरपालिकामा विदेशबाट एक सय एक जना फर्किएका छन् । उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको प्रमुख न्यौपानेले जानकारी दिए । कतिपयलाई धुलिखेल अस्पताल र काठमाडौंको टेकु अस्पतालसम्म लगेर परीक्षण समेत गरिएको छ ।

हाल पनौतीको खोपासी प्राथामिक स्वास्थ्य केन्द्रमा दश शय्याको क्वारेन्टाइन कक्ष निर्माण गरिएको छ । पनौती क्षेत्रीय रंगशालाभित्र ४० शय्याको रंगशालासमेत तयारी अवस्थामा छ । नगरपालिकाभरि डिसइन्फेक्सन स्प्रे छर्ने काम भइसकेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?