Comments Add Comment

सोनाक्षीको जवाफ–‘सहयोगको कुरा भन्नैपर्छ भन्ने छैन’

विश्वलाई नै संक्रमण बनाएको कोरोना भाइरस भारतका विभिन्न शहरमा देखिएको छ । योसँगै भारत पनि लामो समयदेखि लक डाउनमा छ ।

यसैविच, अहिले बलिउडका कलाकारले प्रधानमंत्री नरेंद्र मोदीले बनाएको सहयोग कोषमा सहयोग गरिरहेका छन । तर, केही कलाकारले भने सार्वजनिक रुपमा यसको घोषणा गरेका छैनन ।

यसमा, नायिका सोनाक्षी सिन्हाको पनि नाम छ । सोनाक्षीले यो कोषमा कुनै सहयोग नगरेको भन्दै उनको आलोचना भैरहेको छ ।

उनै, सोनाक्षीले सामाजिक संजालमा आलोचना भएपछि जवाफ फर्काएकी छिन । उनले लेखेकी छिन–‘म ती व्यक्तिहरुका लागि केही समय मौन बस्न चाहन्छु, जो घोषणा नगर्दा सहयोग नै गरेको छैन भन्ने सोच्छन । अब शान्त बस र आफनो समय कुनै सुखद कामका लागि लगाउ । भन्ने वा नभन्ने, यो मेरो मर्जीको बिषय हो ।’

बलिउडमा नायक साहरुख खान पनि सहयोगको कुरा गोप्य राख्नुपर्छ भन्ने मान्यता राख्छन । यसैले, उनले पनि मोदीको सहयोग कोषमा कुनै रकम घोषणा गरेका छैनन । उनको पनि सामाजिक संजालमा आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment