
नायिका वर्षा सिवाकोटी सामाजिक संजालमा सक्रिय छिन । उनको सक्रियता सामाजिक काममा पनि देखिएको छ ।
केही दिन अगाडि मात्र वर्षाले कोरोना संक्रमितको सहयोगका लागि १ लाख सहयोग गर्ने घोषणा गरेकी थिइन । उनै वर्षा, अब घर बाहिर रहेका जनावरलाई खान खुवाउन अपिल गरिरहेकी छिन ।
घर बाहिर छोडिएका कुकुरलाई खाना खुवाउँदै वर्षाले अरुलाई पनि जनावरलाई खाना खुवाउन अपिल गरेकी हुन । अहिले, नेपाल पुरै लक डाउनको अवस्थामा रहेकाले घर बाहिर रहेका जनावरहरु भोक्कै पर्न थालेको खबर सार्वजनिक हुन थालेको छ ।
यसले, घर बाहिर रहेका जनावरहरु पनि संकटमा पर्ने खतरा बढेको छ । बलिउडका केही नायिकाले पनि जनावरको ध्यान दिन अपिल गरेका छन । अब, वर्षाले पनि सबैसँग यो अपिल गरेकी छिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4