Comments Add Comment

स्पेनको बेरोजगारीमा उल्लेख्य वृद्धि

स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को कारण बेरोजागारीको संख्या ह्वात्तै बढेको छ । बीबीसीका अनुसार, स्पेनमा मार्च महिनामा बेरोजगारी सुविधाको लागि आवेदन दिने मानिसको संख्यामा कीर्तिमानी संख्याले वृद्धि भएको हो ।

कोरोना भाइरसको कारण स्पेनमा गरिएको लकडाउनको कारण तीन लाखभन्दा धेरै मानिसले आफ्नो रोजगारी गुमाएका हुन् । स्पेनमा लकडाउनको निर्णय कार्यान्वयनमा आएसँगै स्पेनमा रोजगारीको संख्या ९ लाखले घटेको छ । स्पेनले भाइरस नियन्त्रणको लागि भन्दै गत मार्च १४ मा मुलुकभर अनिश्चितकालीन लकडाउनको निर्णय गरेको थियो ।

यससँगै स्पेनको समग्र बेरोजगारीको संख्या ३५ लाख पुगेको छ । सन् २०१७ को अप्रिलयताकै उच्च हो । यो महामारीको कारण विश्वभर २ करोड ५० लाख मानिसले आफ्नो रोजगारी गुमाउन सक्ने यसअघि नै संयुक्त राष्ट्रसंघले चेतावनी दिइसकेको छ ।

विश्वभर कोभिड–१९ को कारण विश्वभर बेरोजगारीको समस्या बढेको छ । यसअघि अमेरिकामा पनि बेरोजगारीको संख्या ३३ लाख पुगेको समाचार सार्वजनिक भएको थियो ।

कोभिड–१९ बाट प्रभावित दोस्रो मुलुक हो–स्पेन । स्पेनमा भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख १० हजार पुगेको छ । बिहीबार सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा स्पेनमा यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ९ सय ५० जनाको मृत्यु भएको छ । एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको यो अर्को कीर्तिमान हो । यससँगै त्यस्तै मृत्यु हुनेको संख्या पनि १० हजार ३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment