Comments Add Comment

उपत्यकाका विपन्न परिवारलाई ३० किलो चामल, ३ किलो दाल

फाइल तस्वीर

२० चैत, काठमाडौं । काठमाडौं उपत्यकाका ज्यालादारी मजदुर र विपन्न परिवारलाई ३० किलोग्राम चामल राहत उपलब्ध गराइने भएको छ ।

उपत्यका नगरपालिका फोरमकाे बिहीबार बसेकाे बैठकले ज्यालादारी मजदुर र विपन्न परिवारकाे राहत वितरण मापदण्ड तय गरेको हो ।

उपत्यका नगरपालिका फोरम, काठमाडौंले अर्थमन्त्रालयको मापदण्डअनुसार विवरण अभिलेख राखी ३ जनादेखि माथिको परिवारलाई ३० केजी चामल, ३ केजी दाल र २ प्याकेट नुनलगायत ६ किसिमका उपभोग्य वस्तु राहत उपलब्ध गराउन लागेको जनाएको छ ।

२ जनासम्मको परिवारले भने १५ केजी चामल, १.५ केजी दाल र १ प्याकेट नुनलगायतका राहत पाउने छन् ।

फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यकीय सवा उपलब्ध गराउने पसल सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । बिक्रेता र ग्राहकबीच न्यूनतम १ मिटरको दूरी कायम गर्नेगरी फोरमले पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

त्यस्तै, आपूर्ति तथा राहत व्यवस्थापनका लागि वडाध्यक्षको संयोजकत्वमा स्थानीय सुरक्षा निकायसहितको कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरको छ । यस्तो समितिले संघीय सांसद् तथा प्रदेशसभाका सांसदहरूसँग सम्न्वय गरी स्थानीय प्रशासनको रोहबर र सहजीकरणमा राहत वितरण गर्नेछ ।

उपत्यका नगरपालिका फोरम काठमाडौं उपत्यकाभित्रका नगरपालिकाहरूको संगठन हो । यसले नगरपालिकाको आपसी हितका लागि मिलेर काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment