Comments Add Comment

प्रभु बैङ्कद्वारा कोरोनाविरुद्ध एक करोड एक लाख आर्थिक सहयोग

२० चैत, काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैङ्कको तर्फबाट एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बिहीबार प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड एक लाख रुपैयाँ हस्तान्तरणको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पनि उपस्थिति रहेको थियो ।

प्रभु बैङ्कले देशमा आईपर्ने संकट तथा असहज परिस्थितिको समयमा सामाजिक हितलाई ध्यानमा राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् सहयोग उपलब्ध गराउँदै विभिन्न समाज उपयोगी कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाउँदै आएको छ।

बैङ्कले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराएको यो सहयोग राशिबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार एवं कोरोना संक्रमण महामारीबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्ने नेपाल सरकारको कार्यमा सहयोग पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment